बार्सिलोना घरमै बार्यनसँग हार्‍यो

च्याम्पियन्स लिग फुटबल प्रतियोतिगाको सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान क्याम्प नेउमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भयो।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरे भने अर्को गोल थोमस मुलरले गरे। बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लिरेयो सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा लेवान्डोस्कीले जमल मुसियलाको पासमा गोल गोल गर्दै अग्रता दोब्बर पारे । लेवान्डोस्कीले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले शानदार जित हात पारेको हो ।

समूह ‘ई’ कै अर्को खेलमा बेनफिका र डिनामो किभले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Facebook Comments Box