भिल्लारियलसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो बायर्न

Read Time:1 Minute

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुबटलको क्वार्टरफाइनलबाटै प्रवेश गरेको छ। स्पेनिस क्लब भिल्लारियलसँग समग्रमा २–१ले पराजित हुँदै बायर्न क्वार्टफाइनलबाटै बाहिरिएको हो।

पहिलो लेगमा १–०ले पछि परेको बायर्न दोस्रो खेलमा १–१को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको हो। मंगलबार राति भएको खेलमा जिततर्फ उन्मूख भएको बायर्नले अन्तिम समयमा गोल खाएपछि १–१का् बराबरीमा आयो, तर उ समग्रमा २–१ले पछि पर्दै प्रतियोगिताबाट बाहिरियो।

बायर्नलाई स्तब्ध बनाउँदै भिल्लारियललाई सेमिफाइनल यत्रा तय गराउने क्रममा नायक भने सामुयल चुक्वेसा रहे।उनले खेलको अन्त्यतिर भिल्लारियलका लागि निर्णायक गोल गरे।

एलिएन्ज एरेनामा रोवर्ट लेवान्डोस्कीले ५२औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर, सकिन दुई मिनेटमात्र बाँकी छँदा चुक्वेसाले गोल गर्दै बायर्नलाई स्तब्ध बनाए ।

खेलमा बायर्नले अधिकांश समय भिल्लारियलमाथि दबाब बनाए पनि थप गोल गर्न सकेन। उसले ६८ प्रतिशत बल पोजेसन बनाउँदै २३ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, भिल्लारियलले ४ सट प्रहार गरेकोमा १ सट फ्रेममा थियो।

यो सँगै भिल्लारियल सन् २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइलन पुग्यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सीसँग ३–२ले हार्दा पनि रियल सेमिफाइनलमा
Next post आईपिएलमा चेन्नईको पहिलो जित
Close