बायर्न र आयाक्सले खेले बराबरी

सिजनको तयारीमा खेलिएको प्रिसिजन खेलमा जर्मन क्लब बायर्न म्युनिख र डच क्लब आयाक्सले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा बायर्न र आयाक्सले २–२ गोलको बराबरी खेलेका हुन्।

खेलमा बार्यनका लागि एरिक म्याक्सिम चुपो मोडिङ, टांगुइ नियान्जुले गोल गरेका थिए भने आयाक्सका जाकारिया लाब्याड र भिक्टर जेन्सेनले गोल गरे।

१०औं मिनेटमा जाकारियाले गोल गर्दै आयाक्सलाई सुरुआती अग्रता दिलाए। तर, ४० औं मिनेटमा चुपो मोटिङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

४८औं मिनेटमा नियान्जु गोल गर्दै बायर्नलाई २–१को अग्रता दिलाए। त्यसपछि खेलको ५०औं मिनेटमा भिक्टर जेन्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यस्तै, शनिबार नै भएका अन्य खेलमा मोनाकोले वुल्भ्सवर्गलाई २–१ले हरायो भने मोन्छेनग्लाबाचले मेट्जलाई १–०ले हरायो । यस्तै, इटालीयन क्लब एसी मिलानले मोडेनालाई ५–०ले हराउँदा स्टार्सबर्गले फ्यांकफर्टलाई ३–२ले हरायो।

Facebook Comments Box