फ्रांकफर्टसँग हार्‍यो बार्यन, हालन्ड चम्किँदा डर्टमन्ड विजयी

जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बार्यन म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्यन फ्रान्कफर्टसँग २–१ ले पराजित भएको हो।

घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले गोल गरे । बार्यनका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए।

१२औं मिनेटमा कामडाले गोल गर्दै घरेलु टोली फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा अमिनले गोल गरेपछि पहिलो हाफमा फ्रान्सफर्टले लिग लिडरविरुद्ध २–० को अग्रता लियो। ५३औं मिनेटमा लेवान्डोस्कीले गोल फर्काए पनि बायर्नलाई हारबाट जोगाउन सकेनन्।

यस हारपछि पनि बार्यन शीर्ष स्थानमै छ। तर दोस्रो स्थानको आरबी लाइपजिगसँग अंकदुरी राकिलो बनाउने मौका गुमाएको छ। बा्र्यनको २२ खेलमा ४९ अंक छ । एक खेल कम खेलेको लाइपजिग ४४ अंकसहित दोस्रो स्थानमा छ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा नर्वेजियन स्ट्राइकर इर्लिङ हालन्ड चम्किएपछि बोरुसिया डर्टमन्डले साल्केलाई ४–०ले हरायो । टर्डमन्डको जितमा हालन्डले २ गोल गरे भने जाडोन सान्चो र राफाइल गुइरेरेले समान १ गोल गरे।

४२औं मिनेटमा सान्चोको गोलबाट अग्रता लिएको डर्टमन्डलाई ४५औं मिनेटमा हालन्डलेल गर्दै अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा गुइरेरो र ७९औं मिनेटमा हालन्डले गोल गरेपछि डर्टमन्डले ४–०को जित निकाल्यो।

जितसँगै डर्टमन्ड २२ खेलबाट ३६ अंक जोड्दै लिगको छैटौं स्थानमा छ । साल्के ९ अंक जोडेर पुछारमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.