डिफेन्डिङ च्याम्पियन बायर्नको सानदार सुरुआत

Read Time:1 मिनेट

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले बुन्डेस लिगामा सानदार सुरुआत गरेको छ। शनिबार राति भएको बुन्डेस लिगाको उद्घाटन खेलमा बायर्नले फ्रांकफर्टमाथि ६–१ को सानदार जित निकाल्यो ।

बायर्नको जितमा जमाल मुसियालाले दुई गोल गर्दा जोसुआ किमिची, बेन्जामिन पावार्ड, साडियो माने र सर्ज गनाब्रीले पनि गोल गर्न भ्याए। फ्रांकफर्टका लागि रान्डाल कोलो मुआनीले गोल गरे।

खेलको पाँचौं मिनेटमा गोल गर्दै किमिचीले बायर्नलाई सुरुवाती अग्रता दिलाए। १०औं मिनेटमा पावार्डले बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि २९औं मिनेटमा मानले बुन्डेस लिगाको डेब्यूमै गोल गर्दै बायर्नलाई ३–०को स्थितिमा ल्याए।

त्यसपछि मुसियालाले ३५औं र गनाब्रीले ४३औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमै ५–०को अग्रता लियो।

६४औं मिनेटमा मुआनीले फ्रान्कफर्टका लागि गोल फर्काए । तर, ८३औं मिनेटमा मुसियालाले गोल गरेपछि बायर्नले सिजनको पहिलो खेलमा ६–१को सानदार जित निकाल्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिलियन स्ट्राइकर चम्किँदा आर्सनलको जित
Next post नेपाली खेलाडी विदेशिँदा चिन्तित छन् अल्मुताइरी, सरकारलाई दिए यस्तो सुझाव
Close