लेइपजिग पराजित हुँदा बायर्न च्याम्पियन

बायर्न म्युनिख लागातार नवौं पटक बुन्डेस लिगा च्याम्पियन बनेको छ।

बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएको खेलको दोस्रो स्थानको आरबी लेइपजिग बोरुसिया डर्टमन्डसँग ३–२ले पारजित भएपछि बार्यन तीन खेल बाँकी छँदै च्याम्पियन बनेको हो।

सन् २०१२–१३ यता बायर्नले लागतार बुन्डेस लिगा उपाधि जितेको छ। यो बायर्नको ३० बुन्डेस लिगा उपाधि हो।

बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ । लेइपजिगले एक खेल बढी खेलेको छ ।

Facebook Comments Box