लाजियोलाई हराउँदै बार्यन अन्तिम ८मा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। इटालियन क्लब लाजियोलाई प्रिक्वाटरफाइनलमा समग्रमा ६–२ ले हराउँदै जर्मन क्लब बायर्नले अन्तिम ८मा स्थान पक्का गरेको हो।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बार्यनले लाजियोमाथि २–१ को जित निकाल्यो । यसअघि पहिलो लेग बायर्नले ४–१ले जितेको थियो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चुपो मोटिङले गोल गरे। लाजियोका मार्को पारोलोले एक गोल फर्काएका थिए। दोस्रो लेगको ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई १–० गोलको अग्रता दिलाए।

७३ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २–० गोलको अग्रता बनायो। खेलको ८२ औं मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई २–१ गोलको स्थितिमा पुर्‍याए पनि बायर्नले खेल जित्यो।

यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनलमा बायर्नसँगै, बोरुसिया डोर्टमुन्ड, पोर्टो, पिएसजी, लिभरपुल, रियल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.