बायर्नले जित्यो कीर्तिमानी उपाधि, लगातार आठौं पटक च्याम्पियन

बायर्न म्युनिखले जमर्न बुन्डेस लिगामा कीर्तिमानी उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा ब्रेमेनलाई १–०ले पराजित गर्दै बायार्नले लागतार आठौं पटक उपाधि जित्यो ।

युरोपका शीर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने कीर्तिमान बायर्नले बराबरी ग¥यो । यसअघि इटलीको युभेन्ट्सले सन् २०१–(१२ देखि २०१८–१९ सम्म लगातार आठ पटक सिरी ए जितेको थियो ।

ब्रेमेनलाई उसैको मदानमा पराजित गर्न रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि दिलाउन निर्णायक बन्यो । ७९औं मनेटमा अल्फोन्सो डेभिस ७९औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न दश खेलाडीमा झरेको थियो । तर ब्रेमेनले त्यसको फाइदा उठाउन सकेन ।

लिगमा लगातार ११ खेल जितेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको डर्टमण्डको ६६ अंक छ ।

बायर्नका डेविड अलावा र थोमस मुलरले नवौं पटक बुण्डसलिगा जित्दै फ्रांक रिवेरीको कीर्तिमान बराबरी गरेका छन् । बायर्नले लिग जितेको यो ३०औं पट हो । यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिक खेलाडी र कोचको रुपमा बुण्डेसलिगा जितेन तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकनबाउर निको कोभाकले यो उपलब्धी हात पारेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.