साने बायर्नमा आबद्ध

जर्मन विंगर लिरोए साने जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन् । पेप ग्वाडिओलाका प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेका साने म्यानेस्टर सिटीका छाड्दै बार्यन लागेका हुन् ।

साने बायर्नसँग ५ वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२५ सम्म बायर्नमा रहेन छन् । सानेलाई भित्र्याउन बायर्नले ६० मिलियन युरो खर्चियो ।

सानेलाई ग्वार्डिओलाले सन् २०१६ मा जर्मन क्लब साल्केबाट साने ल्याएका थिए । सिटीलाई लगातार दुई प्रिमियर लिग उपाधि दिलाउन सानेको भूमिका अह्म छ । सिटीका लागि सानेले १३५ खेल खेल्दै ३९ गोल गरेका छन् ।

यो सिजन भने सानेले २ खेल मात्रै खेलेका छन् । सिजनको सुरुवातै घाइते भएपछि साने सिजनभर मैदान बाहिर रहे । साने घाइते नभएको भए उनी जनवरीमै बायर्न जाने पक्का जस्तै भएको थियो ।

बायर्नमा आबद्ध भएपछि सानेले नयाँ चुनौतिका लागि आतुर भएको बताएका छन् । उनले भनेका छन्, ‘बायर्न एक ठुलो क्लब हो, जसको लक्ष्य पनि ठूला छन् । ती लक्ष्यहरु मलाई उपयुक्त लाग्यो र बायर्नमा आबद्ध भएँ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.