बोचुमको पोस्टका बायर्नको गोलको वर्षा

जर्मन बुन्डेस लिगामा डिफेन्डिङ च्याम्पियन बायर्नले फराकिलो जित निकालेको छ । शनिबा राति भएको खेलमा भिएफएल बोचुमलाई ७–०ले हराउँदै बायर्नले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा जोसुवा किमिचले दुई तथा लिरोए साने, सर्गी गनाब्री र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे। एक गोल आत्मघाती भएको थियो।

१७औं मिनेटमा सानेले गोलमा बायर्नले खेलमा अग्रता लियो । २७औं मिनेटमा किमिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा गनाब्री र ४३औं मिनेटमा भासिलिओस लाम्ब्रोपोउलोसले आत्मघाती गोल गरेपछि पहिलो हाफमा बायर्नले ४–० को अग्रता लियो।

६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्न ५–० को अग्रता दिलाए । त्यसपछि किमिचले ६५औं र ७९औं मिनेटमा चुपो मोटिङले गोल गरेपछि बायर्न ७–०ले विजयी भयो ।

यसैगरी अन्य खेलमा अग्सबर्गले मोन्चेनग्लाडबाचलाई १–०ले हराउँदा आरबी लेइपजिग क्लोनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

Facebook Comments Box