लेवान्डोस्की चम्किँदा बायर्न विजयी

अघिल्लो खेलमै उपाधि जितिसकेको बायर्न म्युनिखले बुन्डेस लिगामा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्नले फ्राइबर्गमाथि ३–१को जित निकाल्यो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउने क्रममा लेवान्डोस्कीले २ गोल गरे भने जोसुवा किमिचको नाममा १ गोल रह्यो । फ्राइबर्गका लुकास होइलरले गोल फर्काए ।

फ्राइबर्गविरुद्ध बार्यनले १५औं मिनेटमै अग्रता लियो । लेवान्डोस्कीको पासमा किमिचले गोल गरेका थिए । २४औं मिनेटमा लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा लुकास होलेरले गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए । तर, ३७औं मिनेटमा लुकास हर्नान्डेजसको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हफामै ३–१को अग्रता दिलाए ।

फ्राइबर्गविरुद्धको गोलसँगै लेवान्डोस्कीले बुन्डेस लिगमा अर्को रेकर्ड बनाए । उनी बुन्डेस लिगामा एकै सिजन सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बने । यो सिजन ३३ गोल गरेका लेवान्डोस्कीले बोरुसिया डर्टमन्डका पूर्वस्ट्राइकर पिर्रे अमेरिक औबामियाङको कीर्तिमान तोडे ।

दोस्रो हाफमा कुनै गोल नहुँदा बायर्न ३–१ले विजयी भयो । जितसँगै बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ । बायर्नको यो लगातार १५ औं जित हो । ४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.