बुन्डेस लिगामा बार्यनलाई १० अंकको अग्रता

Read Time:1 Minute

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले फाराकिलो अग्रता कायम गरेको छ । शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनमाथि १–०को जित निकाल्दै बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको हो।

डिफेन्डिङ च्याम्पियन बायर्नले २० खेलमा ४८ अंक जोडेको छ भने दोस्रो स्थानको आरबी लेइपजिगको १९ खेलमा ३८ अंक छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

बायर्नलाई जित दिलाउन किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । १२औं मिनेटमै रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुक्दा बार्यनले अग्रता लिने अवसर गुमाएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली टिमको बन्द प्रशिक्षण आजबाट सुरु
Next post फियोरेन्टिनालाई हराउँदै इन्टर सिरि एको शीर्ष स्थानमा
Close