बार्यन फ्रांकफर्टसँग पराजित

बुन्डस लिगाको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बायर्न फ्रांकफर्टसँग २–१ले पराजित भएको हो।

बार्यनलाई उसकै मैदानमा हराउने क्रममामा फ्रांकफर्टका मार्टिन हिन्टेरेगर र फिलिप कोस्टिचले गोल गर्दा बायर्नका लिओन गोरेट्ज्काले गोल गरेका थिए।

सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भयो । २९औं मिनेटमा गोरेट्ज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर, ३२औं मिनेटमा हिन्टेरेगरले गोल गर्दै खेलालाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफ १–१कै बराबरीमा सकियो । ८३औं मिनेटमा फ्रांकफर्टले अग्रता लियो । उसका कोस्टिचले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा फ्रांकफर्ट २–१ले विजयी भयो ।

खेलमा ७३ प्रतिशत बल पेजेसन बनाउँदै बायर्नले २० सट प्रहार गर्दा १० सट फ्रेममा थियो । यता, फ्रांकफटर्टले ५ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

Facebook Comments Box