पुलिसलाई हराउँदै ब्रिगेड ब्बाइज च्याम्पियन

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न ललित स्मृति यू–१८ च्याम्पियनसिपको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ । आइतबार भएको फाइनलमा विभागी टिम नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै ब्रिगेड ब्वाइजले उपाधि रक्षा गरेको हो ।

ललित स्मृति यू–१८ च्याम्पियनसिपको तेस्रो संस्करणको उपाधि पनि ब्रिगेड ब्वाइजले नै जितेको थियो । पहलिो पटक फाइनल पुगेको पुलिस उपविजेतामै सीमित भयो । सेमिफाइनलमा ब्रिगेड ब्वाइजले मनाङ मस्र्याङ्दी र पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेका थिए ।

ए डिभिजन लिग खेलका अधिकांश खेलाडीको साथ पाएको ब्रिगेड ब्वाइज अपराजित रहँदै उपाधि जित्न सफल भयो । ब्रिगेड ब्वाइजको जितमा ब्रिजेश चौथरीले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल थुप्रै राम्रा अवसर खेल फालेका थिए । ब्रिगेड ब्वाइजका रेजिन सुब्बा, अन्जन महर्जन र पुलिसका रवि राई र कुशल फुयाँलले निश्चित गोलको अवसर खेल फालेका थिए ।

उपाधिसँगै ब्रिगेड ब्वाइलले ३ लाख रुपैयाँ हात पा¥यो भने पुलिसले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । विजेता र उपविजेता टिमलाई राखेप सदस्य सचिव केशवकुमार विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुस्कार वितरण गरेका थिए ।

यसैगरी प्रतियोगितको व्यक्तिगत विधामा पनि ब्रिगेड ब्वाइजकै वर्चश्व रह्यो । फाइनलमा गोल गरेका ब्रिजेश चौधरी प्रतियोगितको सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राइकर बने । उनले प्रतियोगितमा कुल ८ गोल गरेका थिए ।

यस्तै, ब्रिगेड ब्वाइजकै शिशिर लेखी उत्कृष्ट मिडफिल्डर, सुवित कार्की उत्कृष्ट प्रशिक्षक बने । यस्तै, आर्मीका विशाल सुनार उत्कृष्ट गोलकिपर र पुलिसका विशाल बस्नेत उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिमा १४ टिम सहभागी थिए । एन्फा पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गरिने प्रतियोगितको यो चौथो संस्करण हो । प्रतियोगिताको सुरुवाती २ संस्करणमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो भने त्यसपछिका दुवै संस्करणको उपाधि ब्रिगेड ब्वाइले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP