युरोकपका लागि बेल्जियन टिमको घोषणा, हाजार्ड दाजुभाइ नै परे

युरोकप फुटबलका लागि बेल्जियमले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकपका लागि सोमबार २६ सदस्यीय टिम घोषण गरेका हुन्।

मार्टिनेजले घोषणा गरेको टिममा हाजार्ड दाजुभाइ इडेन र थोर्गन दुवै परेका छन् । थोर्गन नियमित रुपमा बेल्जियम टिममा रहेपनि इडेन भने चोटका कारण लामो सयमसम्म टिमबाहिर रहेका थिए ।

यस्तै, थिवो कुर्टुवा, केभिन डे ब्रुयन, रोमुलु लुकाकु, युरी टिलेम्नस, ड्रिस मर्टेन्सलगायत खेलाडीले टिममा स्थान बनाएका छन्।

मार्टिनेटले घोषणा गरेको २६ सदस्यीय टिमको गोलकिपरमा थिवो कुर्टुवा, सिमोन मिग्नोलेट र माट्ज सेल्स छन् । यस्तै, डिफेन्समा टोबी अन्डरर्वेलेट, डेड्रिड बोयटा, जासन डेनयर, थोमस वेर्मलेन र जान भेट्रोनघन छन् ।

यसैगरी मिडफिल्डमा डे ब्रुयन, यानिक करास्को, टिमोथी कास्टानी, थोर्गन हाजार्ड, नेसर चाड्ली, थोसम मुनियर, लियन्डर डेन्डोन्कर, डेनिस प्रइट, युरी टिलेमन्स, हान्स वानकेन, एलेक्स विट्सेल छन् ।

यस्तै, स्ट्राइकरमा इडेन हाजार्ड, रोमेलु लुकाकु, जेरेमी डोकु, ड्रिस मर्टेन्स, लेनर्डो ट्रोसाड, मिची बात्सुइ र क्रिस्टियन बेन्टेके छन्।

जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना हुने प्रतियोगितामा बेल्जियम समूह बीमा छ । यो समूहमा रुस, डेनमार्क र फिनल्यान्ड छन् ।

बेल्जियमले पहिलो खेल जुन १२ सेन्ट पिटरबर्गमा रुससँग खेल्ने छ भने दोस्रो खेल जुन १७मा डेनमार्क र जुन २१ मा फिनल्यान्डसँग खेल्ने छ।

Facebook Comments Box