बेन ह्वाइट आर्सनल आउने पक्का

इंग्लिस डिफेन्डर वेन ह्वाइन नर्थ लन्डन क्लब आर्सनल आउने पक्का भएको छ। डिफेन्डर स्थानान्तरणका विषयमा आर्सन र ब्राइटनबीच सहमति भइसकेको छ, तर औपचारिक सम्झौता भने हुन बाँकी छ।

ह्वाइटलाई भित्र्याउन आर्सनलले ५० मिलियन युरो तिर्न तयार भएको छ।

२३ वर्षीय ह्वाइटले यो सिजन ३९ खेल खेलेका थिए । त्यसअघि तीन सिजन लोनमा बिताएका छन् । उनले लोगमा लिड्स युनाइटेडबाट खेलेका थिए । लिड्सलाई प्रिमियर लिगमा बढुवा गराउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

Facebook Comments Box