बेन्फिकामाथि बायर्नको जित

Read Time:2 Minute

युईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बायर्न म्युनिख विजयी भएको छ। सानदार जित निकाल्ने क्रममा बायर्नले पोर्चुगिज क्लब बेन्फिकालाई उसकै मैदानमा ४–०ले हरायो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्यनले दोस्रो हाफमा १४ मिनेट अन्तरमा चार गोल गर्दै सानदार जित निकाल्यो। बायर्नको जितमा लिरोए सानेले २ गोल गर्दा रोबर्ट लेवान्डोस्कीले एक तथा अर्को गोल आत्मघाती भएको थियो।

लिस्बोआमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको थियो। खेलको ४३औं मिनेटमा रोबर्ट लेवोन्डोस्कीलेगरेको तथा ५२औं मिनेटमा थोमस मुलरले गरेको गालेलाई भिएआरले मान्यता दिएन।

७०औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ८०औं मिनेटमा आत्मघातीबाट बायर्नले खेलमा अग्रता दोब्बर बनायो। त्यसपछि ८२औं मिनेटमा लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए। त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए।

जितसँगै समूह ईमा अपराजित बायर्न ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा यथावत छ। पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राेनाल्डाेकाे गाेलमा एट्लान्टाविरुद्ध म्यान्चेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित
Next post च्याम्पियन्स लिग : लुकाकु र वेर्नर घाइते भएको खेलमा चेल्सी विजयी, युभेन्टसको जितमा कुलुसेस्कीको गोल
Close