रोकियाे बेन्फिका, तर शीर्ष स्थानमै

डिफेन्डिङ च्याम्पियन बेन्फिका पोर्चुगलको प्रिमियर लिगामा रोकिएको छ । बिहीबार राति भएको खेलमा बेन्फिका टोन्डेलासँग निराशाजनक गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरी पछि पनि बेन्फिकायो नतिजापछि बेनफिका अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बेनफिकालाई दोस्रो स्थानमा रहेको पोर्टोमाथि गोल अन्तरको फाइदा छ । तीन महिनापछि फेरि सुरु भएको पोर्चुगाली फुटबलको आफ्नो पहिलो खेलमा जित निकालेको भए बेनफिकाले दुई अंकको स्पष्ट अग्रता लिन सक्ने थियो ।

यसअघि अघिल्लो दिनको खेलमा पोर्टोले आश्चर्यजनक हार बेहोरेको थियो । बिहीबार रातिकै अर्को खेलमा भिटोरिया डे गुइमारेस र स्पोर्टिङ सीपीले २–२ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP