फ्रेन्च पत्रकार भन्छन्– डेसच्याम्प बेन्जिमालाई विश्वकपमा देख्न चाहँदैनथे

Read Time:2 Minute

३५ वर्षीय फ्रेन्च स्ट्राइकर कमिर बेन्जिमा अहिले करिअरकै उच्च लयमा छन्। तिनै बेन्जिमाले कतार विश्वकप भने खेल्न पाएनन्।

फ्रेन्च टिमसँगै कतारमा अभ्यासका क्रममा सामान्य घाइते भएपछि उनले विश्वकप गुमाएका थिए। फ्रान्सका मुख्य प्रशिक्षक डेसच्याम्पले घाइते बेन्जिमाको स्थानमा अर्को खेलाडी टिममा राखेनन्।

बेन्जिमा उपचारका लागि मड्रिड फर्किए । विश्वकपको समूह चरणका खेल नसकिँदै बेन्जिमा फिट हुँदै ट्रेनिङमा फर्किसकेका थिए।

बेन्जिमा नकआउट चरणको खेलमा लागि पूर्ण फिट भएका थिए। सबैले बेन्जिमा टिममा फर्किने विश्वकस गरेका थिए। तर, डेसच्याम्पले बेन्जिमालाई टिममा बोलाउन चाहेनन्। आफूलाई विश्वकपको टिममा नबोलाएपछि बेन्जिमाले विश्वकप सकिएलगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए।

यही विषयलाई लिएर फ्रेन्च खेल पत्रकार ड्यानिअल रिओलोले बेन्जिमा विश्वपक खेलुन भन्ने चाहना डेसच्याम्मा नभएको बताएका छन् । केही अहसज महसूस गराएकै बेला जबर्जस्ती प्रशिक्षण गर्न लगाएर डेसच्याम्पले बेन्जिमालाई घाइते बनाएको उनको आरोप छ।

‘विश्वकपअघि बेन्जिमालाई सामान्य चोट थियो, उनी प्रशिक्षण गर्न चाहँदैन थिए । उनलाई जबर्जस्ती प्रशिक्षण गर्न लगाइयो । र, उनी फेरि घाइते भयो,’ रिओलोले भनेका छन्, ‘प्रशिक्षण नगराएको भए अन्तिम १६ सम्म उनी बेन्चमा हुन सक्थे । तर, क्वार्टरफाइनलदेखि उनी पूर्ण रुपमा मैदान उत्रन तयार हुन्थे।’

बेन्जिमा विश्वकप खेल्न हकदार भएको बताउँदै उनले प्रशिक्षक डेसच्याम्पले अपमान गर्दै टिमबाहिर निकालेको आरोप लगाएका छन्। पत्रकार रिओलोले फ्रान्सका केही खेलाडी बेन्जिमा टिममा हुँदा दुखी भएको बताएका छन् ।

‘कप्तान ह्युगो लोसिस, एन्टोइन ग्रिजम्यान, ओलिभर जिरुडलगायत केही खेलाडी बेन्जिमाले टिमबाट बाहिरिँदा दुःखी थिएनन्,’ उनले भनेका छन् ।

रोओलीले चोट मुक्त भएपछि डेसच्याम्पले बेन्जिमालाई टिमाम फिर्ता नचाहेको बताएका छन्।

Happy
Happy
2 %
Sad
Sad
44 %
Excited
Excited
10 %
Sleepy
Sleepy
2 %
Angry
Angry
37 %
Surprise
Surprise
5 %
Previous post काठमाडौंलाई हराउँदै विराटनगर प्लेअफमा, काडमाडौंको पनि सम्भावना कायमै
Next post फुटबलर प्रीतिलाई उम्ब्रोले गर्‍यो ६ लाख बराबरको प्रायोजन
Close