भालाडोलिडविरुद्ध रियललको सहज जित

स्पेनिस जाइन्ज रियल म्याड्रिडले स्पेनिस ला लालिगाअन्तर्गत आइतबार राति भएको खेलमा सहज जित हात पारेको छ । आइतबारको खेलमा रियलले नवप्रवेशी रियल भालाडोलिडलाई ४–१को फाराकिलो अन्तरले पराजित गरेको हो ।

भालाडोलिडको मैदानमा भएको खेलको पहिलो हाफ उसले पाहुना टिम रियललाई दबबमा राखेको थियो । पहिलो हाफमा ४–० गोल अग्रता लिने अवसर खेर फालेको थियो ।

खेलको १२ औं मिनेटमै प्राप्त पेनाल्टीमा गोल गर्न चुक्दा भालाडोलिडले अग्रता लिने अवसर गुमाएको थियो । रियललका अल्भारो ओड्रिओजोलाले ओस्कार प्लानोलाई लडाएपछि भालाडोलिडले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीलाई भालाडोलिडका रुबेल अल्कारेज गोलमा परिणत गर्न चुके ।

पेनाल्टीका चुकेलगत्तै भालाडोलिडले २ गोल गर्‍यो । तर, दुवै गोल भारको माध्यममा अफसाइड भएपछि उसले रियलविरुद्ध ३–०को अग्रता लिने अवसर गुमायो । तर, २९ औं मिनेटमा अनुर मोहम्मद तुहामीले गोल गर्दै भालाडोलिडलाई अग्रता दिलाए ।

३४ औं मिनेटमा नाचाको पासमा राफाइल भरानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमै सकियो ।

दोस्रो हाफ सुरु भएको छैठौं मिनेटमै रियलले अग्रता लियो । करिम बेन्जिमाले ५१ औं मिनेमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाए । प्लानोले ओड्रिओजोलालाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

टोनी क्रुसको कर्नरमा ५९औं मिनेमा करिम बेन्जिमाले हेडिङ गोल गर्दै रियललाई ३–१ अको अवस्थामा ल्याए । त्यसपछि करिम बेन्जिमाको पासमा लुका मोड्रिचले ८५औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई सहज जित दिलाए ।

रियलले अन्तिम १० मिनेट १० खेलाडीमा रहेर खेलेको थियो । उसका कासिमिसो ८० औं मिनेटमा दोहोरो पहेलेँ कार्ड खाँदै मैदान छाडेका थिए ।

६३ प्रतिशत बल पोजेसन बनाएको रियलले भालाडोलिडको पोस्टमा १५ सट प्रहार गरेको थियो, जमध्ये ६ सट फ्रेममा थियो । भालाडोलिडले भने १० सट प्रहार गरेकोमा २ सट मात्र फ्रेममा प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP