बेन्जिमाको गोलमा सेभिल्लाविरुद्ध रियलको कठीन जित

खराब प्रदर्शन गरिरहेको स्पेनिस जान्इट रियल म्याड्रिड ला लिगामा कठीन जित निकालेको छ । आइतबार राति भएको खेलमा करिम बेन्जिमाको गोल मद्दतमा रियलले सेभिल्लाविरुद्ध १–०को कठीन जित निकालेको हो ।

यो जितसँगै रियल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले ५ खेलमा ३ जित र २ बराबरीको सामना गरेको छ । ११ अंक नै जोडेको एथ्लेटिको बिल्बाओ गोल अन्तरका आधरामा शीर्ष स्थानमा छ । १० अंक जोडेको ग्रानाडा तेस्रो स्थानमा रहँदा १० अंक नै जोडेको एट्लेटिको म्याड्रिड छैठौ् स्थानमा छ भने खराब प्रदर्शन गरिरहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना ७ अंकका साथ आठौं स्थानमा छ ।

सेभिल्लाको मैदानमा भएको खेलमा रियललाई महत्पूर्ण तीन अंक दिलाउन करिम बेन्जिमाले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४औं मिनेटम बेन्जिमाले ड्यानी कार्भाजलेको क्रसमा हेडिङ मार्फत उत्कृष्ट गोल गरको थिए ।

खेलमा रियललाई निरन्तार दबाबमा राखेपछि सेभिल्लाले गोल गर्न भने सकेन । उसले ५५ प्रतिशत बल पोजेसन बनाउँदै ९ सट प्रहार गर्दा एउटै सट टार्गेटमा प्रहार गर्न सकेन । रियलले भने ७ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

सेभिल्लाविरुद्धको यो जित प्रशिक्षक जिनेदिन जिदानलाई केही राहत दिएको छ । गत बुधबार च्याम्पियनस लिगको पहिलो खेलमै पिएसजीसँग ३–०को नमीठो पराजय भोगेपछि जिदानमाथि दबाब परेको थियो ।

यसैगरी आइतबार राति नै भएका अन्य खेलमा गेटाफे, एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड विजयी हुँदा भ्यालेन्सिया भने बराबरीमा रोकिएको छ । गेटाफेले रियल मालोर्कालाई ४–२ले हराउँदा सोसिडाडले स्पानियोललाई ३–१ले हरायो भने बिल्बाओले अलाभेसको चुनौति २–०ले पाखा लगायो । यता, भ्यालेन्सिया भने आफ्नै मैदानमा लेगानेससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP