बेन्जिमा र भिनिसियस चम्किँदा रियलको पुनरागमन जित

करिम बेन्जिम र भिनिसियनस जुनियरले उत्कृष्ट प्रदर्शन गरेपछि ला लागिमा रियल मड्रिड विजयी भएको छ। खेलको अन्त्यतिर भिनिसियस र बेन्जिमाले गोल र असिस्ट गरेपछि रियलले भ्यालेन्सियामाथि २–१को पुनरागमन जित निकाल्यो।

रियलले अन्तिम चार मिनेटमा दुई गोल जित निकाल्यो । रियलका लागि बेन्जिमा र भिनिसियसले गोल गर्दा भ्यालेन्सियाका ह्युगो डुराले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६६औं मिनेटमा डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। तर, ८६औं मिनेटमा भिनिसियसले रियलका लागि बराबरी गोल गरे ।उनले बेन्जिमाको पास गोल गरेका थिए। ८८औं मिनेटमा बेन्जिमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई जित दिलाए।

यो जितसँगै रियल मडिङ तालिकाको शीर्ष स्थानमा उक्एिको छ । उसको ५ खेलमा १३ अंक छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ११ अंक छ भने १० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ।

यस्तै, आइतबार राति नै भएका अन्य खेलमा ओसासुनाले आलाभेसलाई २–०ले हराउँदा मालोर्का र भिल्लारियल तथा रियल सोसिडाड र सेभियाले गोलरहित बराबरी खेलेका छन् । यस्तै, रियल बेटिस र स्पानियोलले २–२ गोलको बराबरी खेले।

जितपछि ५ खेलबाट १३ अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

Facebook Comments Box