बेन्जिमालाई कोरोना संक्रमण

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। रियलले आफ्ना स्ट्राइकरमा कोरोना संक्रमण देखिएको पुष्टी गरेको छ।

युरोकप खेलेर छुट्टीमा रहेका रियल फर्किएका बेन्जिमा शुक्रबारबाट अभ्यासमा सहभागी हुने तय थियो । तर अभ्यासमा सहभागी हुनुअघि गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टी भएको हो।

कोरोना संक्रमण पुष्टी भएपछि बेन्जिमा आइसोलेसनमा बसेका छन् । कोरोना देखिएपछि अब उनी कम्तीमा १० दिन अभ्यासमा सहभागी हुन पाउने छैनन् ।

Facebook Comments Box