बेटिसलाई हराउँदै बार्सिलोना सुपर कपको फाइनलमा, उपाधि भीडन्त रियल मड्रिडसँग

Read Time:2 Minute

रियल बेटिसलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा शुक्रबार राति भएको खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै बार्सिलोना फाइनल पुगेको हो।

निर्धारित समयको खेल १–१को बराबरी र अतिरिक्त समयमा खेल २–२को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे।

यता रियल बेटिसका लागि विलियम जोशे र लोरेन मोरोनले गोल गर्दा जुआनमी र विलियम कार्भाल्होले गोल गर्न सकेनन्।

किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै १–० को अग्रता दिलाए। तर खेलको ७७औं मिनेटमा नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

त्यसपछि खेल अतिरिक्त समयमा गयो । ९३ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए। तर १०१औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

खेलको अन्त्यतिर रियल बेटिस १० खेलाडीमा समेटियो। आन्द्रेस गुआरडाडो ७ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित ११८औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ। रियलले बुधबार भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। फाइनल आगामी आइतबार हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीप आज थुना मुक्त हुँदै
Next post फिफा वेस्ट अवार्डको मनोनयन सार्वजनिक, को–को पेर ?
Close