उत्कृष्ट कमब्याक म्यान्चेस्टर सिटीको एफए कपको सेमिफाइनलमा

पहिलो हाफमै २–० ले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै लिग लिडर म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बी डिभिजन क्लब स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा स्वान्सीले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफको अन्तिम २० मिनेटमा ३ गोल सिटीले सेमिफाइलनमा स्थान पक्का गर्‍यो ।

खेलमा २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्वान्सीले सुरुवाती अग्रता लियो । सिटीका फविना डेल्फले स्वान्सीका खेलाडीलाई डिबक्स लडाएपछि प्राप्त पेनाल्टीमा म्याट गिर्मेसले गोल गरेका थिए । यस्तै, २९ औं मिनेटमा आउन्टर अट्याकमा बे्रसन्ट केलिना उत्कृष्ट गोल गर्दै पहिलो हाफमा स्वान्सीलाई २–० को अग्रता दिलाए ।

निरन्तर स्वान्सीलाई दबाबमा राखेको सिटीले ६९ औं मिनेटमा पहिलो गोल गर्‍यो । सर्जियो अगुएरोको पासमा बर्नाडो सिल्भोले देब्रो खुट्टाले उत्कृष्ट गोल गरेका थिए ।

७८ मिनेटमा सिटीका रहिम स्टर्लिङलाई डिबक्स लडाएपछि सिटीले पेनाल्टी पायो । सर्जियो अगुएरोले प्रहार गरेको पेनाल्टी पोस्टमा लागेर फर्कियो, तर फर्किएको बल स्वान्सीको किपरको खुट्टामा लाग्दै गोल भयो । सोही आत्मघाती गोलमार्फत सिटीले खेललाई बराबरीमा ल्यायो ।

खेलको ८८ औं मिनेटमा बर्नाडो सिल्भाको पासमा अगुएरोले हेडिङ गोल गर्दै सिटीलाई सेमिफाइलनको यात्रा तय गराए ।

खेलमा सिटीले ६६ प्रतिशत बल पोजेसन बनाएको थियो । सिटीले स्वान्सीको पोस्टमा २३ सट प्रहार गरेको थियो, जसमध्ये १० सट फ्रेममा थियो । यता, स्वान्सीले भने ५ सट प्रहार गरेकोमा २ सट टार्गेटमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP