
किरणको स्थानमा भारतीय रेड आर्मीका भविन्द्रलाई टिममा ल्याउने अल्मुताइरीको तयारी
Read Time:1 मिनेट
खेलाडी–प्रशिक्षक विवाद उत्कर्षमा पुगेपछि नेपाली राष्ट्रिय टिममा व्यापक परिवर्तन हुने संकेत देखिएको छ। १० खेलाडीले बन्द प्रशिक्षण छाडेको विषयमा माल्दिभ्समा रहेका कप्तान किरण चेम्जोङले खेलाडीको पक्ष लिएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी उनलाई पनि टिमबाट हटाउने तयारीमा लागेका छन्।
१० सिरियनर खेलाडीलाई क्याम्पबाट निकालेपछि अल्मुताइरीले १४ युवा खेलाडीलाई टिममा बोलाइसकेका छन्। अल्मुताइरीले किरणको सट्टा गोलकिपरका रुपमा भारतीय आर्मीको टिमबाट खेलिरहेका भविन्द्र मल्ल ठकुरीलाई बोलालाउन तयारी थालेका छन्।
भविन्द्र भारतीय आर्मीको रेड फुटबल टिमबाट विगत ५ वर्षदेखि खेलिरहेका छन्। पर्ख्यौली घर लम्जुङ भएका २९ वर्षीय भविन्द्रका बुबा भारतीय सेनामा कार्यरत छन्।