भद्रपुर–झापा गोल्डकपमा चर्च ब्वाइजले पुलिसलाई हरायो

Read Time:1 Minute

पहिलो संस्करणको भद्रपुर–झापा गोल्डकपमा चर्च ब्बाइज विजयी भएको छ। सोमबार मेची रंगशालामा भएको चर्च ब्बाइज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हरायो।

जिससँगै चर्च ब्वाइजले क्वार्टरफाइनलमा प्रवेश गरेको छ। चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे ।

४०औं मिनेटमा गगनदीपको गोलमा चर्च ब्बाइजले अग्रता लियो। पहिलो हाफमा १ गोल गरेको चर्च ब्बाइजले दास्रो हाफमा थप २ गोल गरेको थियो। आशिषले ५६औँ र ६०औँ मिनेटमा गोल गरे । त्यसपछि गोल नहुँदा चर्च ब्बाइज विजयी भयो।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

अब चर्च ब्वाइजले क्वार्टरफाइनलमा बुधबार लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ।

मंगलबारको पहिलो क्वार्टरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुनेछ ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
Previous post नामिबियाविरुद्ध स्कटल्यान्डको जित, नामिबिया जितबिहीन
Next post विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सन्दीपले गरे सर्वोच्चमा पुनरावेदन 
Close