भुटानी क्लबलाई हराउँदै आर्मी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

Read Time:1 Minute

विभागीय टिम त्रिभुवन आर्मी क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार मेची रंगशालामा भएको क्वार्टरफाइनलमा भुटानी क्लब ड्रुक ल्हायुल एफसीलाई २–०ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो।

दोस्रो रोजाइका खेलाडीसहित झापा पुगेको आर्मीको जितमा जितेन्द्र कार्की र सुशान्त चौधरीले गोल गरे । खेलको चौथो मिनेटमै जितेन्द्रको गोलमा आर्मीले अग्ता लियो। उनले फ्रिकिकमा गोल गरेका थिए।

पहिलो हाफमा थप गोल हुन सकेन। ६५औं मिनेटमा सुशान्तले आर्मीको अग्रता दोब्बर बनाए। उनले कप्तान कप्तान जिलेस्पीजंग कार्कीको प्रहार बारमा लागेर फर्किएपछि प्राप्त बलमा गोल गरेका थिए।

जितसंगै आर्मी सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। यसअघि नै दुई ए डिभिजन क्लब संकटा र मछिन्द्र सेमिफाइनल पुगिसकेका छन्।

प्रतियोगिताअन्तर्गत शुक्रबार अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली एपीएफ क्लब र काउबार्न बजार प्रगती संघ बंगलादेश भिड्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएलमा हैदरावादको कप्तानी मकरमले गर्ने
Next post ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ
Close