च्याम्पियन्स लिग : उपाधि दाबेदार क्लब पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बुधबार राति उपाधि दाबेदार क्लबहरूले समूह चरणको अन्तिम खेलमा हारको सामना गरेका छन् ।

साबिक तीनपटकको विजेता, युभेन्टस र म्यानचेस्टर युनाइटेड आ–आफ्नो समूहको अन्तिम खेलमा पराजित भएका हुन् । यद्यपि, यी सबै क्लबहरू अगाडि नै नकआउट चरणमा पुगिसकेका छन् । यस सिजनको च्याम्पियन्स लिगको समूह चरणका सबै खेल समाप्त भएका छन् ।

चौथोपटक उपाधि जित्ने अभियानमा रहेको स्पेनिस क्लब रियल घरेलु मैदानमा नौ वर्षपछि रसियाको सिएसके मस्कोसँग ३–० ले स्तब्ध भयो । च्याम्पियन्स लिग इतिहासमा रियल पहिलोपटक ३–० को अन्तरले पराजित भएको पहिलोपटक हो ।

सन् २००९ मा रियल एसी मिलानसँग घरेलु मैदानमा अन्तिमपटक ३–२ ले पराजित भएको थियो । समूह जीमा रियलले ६ खेलबाट १२ अंक जोडेको छ । यस समूहमा मस्कोले इटालीको एस रोमलाई पनि हराएको थियो । मस्कोले ७ अंक जोडे पनि नकआउट चरण स्थान पक्का गर्न सकेन । रोमा ७ अंकका साथ नकआउट चरणमा पुगेको छ ।

रियलले मस्कोविरुद्ध थिबाउट काटोरिस, इस्को तथा करिम बेन्जामालाई पहिलो सेटमै प्रतिस्पर्धा गराएको थियो । सान्टिएगो बर्नावेउमा मस्कोलाई सानदार जित दिलाउने क्रममा चालोभ, स्चेनिकोभ तथा सिगुडसनले एक–एक गोल गरेका थिए ।

खेलको ३७औँ मिनेटमा चालोभले मस्कोलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा स्चेनिकोभले गोल गर्दा रियल २–० ले पछाडि प¥यो । सिगुडसनको गोलसँगै मस्कोले रियलमाथि ३–० को सानदार जित निकाल्यो ।

युनाइटेड भ्यालेन्सियासँग पराजित
समूह एचमा स्पेनिस क्लब भ्यालेन्सियाले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित ग¥यो । जितले भ्यालेन्सिया अन्तिम १६ मा पुग्न सकेन । यस समूहबाट एक खेलअघि नै युभेन्टस र युनाइटेड नकआउट चरणमा पुगिसकेका थिए ।

भ्यालेन्सियाले ८ अंक जोड्यो । खेलको १७औँ मिनेटमा सोलरले भ्यालेन्सियालाई १–० को अग्रता दिलाए खेलको४७औँ मिनेटमा जोनेसले आत्माघाती गोल गर्दा भ्यालेन्सिया २–० ल अगाडि बढ्यो । युनाइटेडका लागि रास्फोर्डले खेलको ८७औँ मिनेटमा २–१ का लागि गोल फर्काए ।

समूह एचमा युभेन्टस योङ ब्वाइजसँग २–१ ले पराजित भयो । खेलको ३०आँै मिनेटमा होअराउले योङलाई पेनाल्टी गोल गर्दै १–० को अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा होअराउले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा डिबालाले युभेन्टसका लागि २–१ का लागि गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *