विजय थ्री स्टारमै रहने, ९ नम्बरको जर्सी लगाउने

Read Time:1 Minute

स्ट्राइकर विजय भुजेल यो सिजन पनि थ्री स्टारबाटै सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभजिन लिगका थ्री स्टारले विजयसँग सम्झौता नवीकरण गरेको हो।

ललितपुरे क्लब थ्री स्टारले विजयसँग सम्म्झौता नवीकरण गर्र्दै उनलाई ९ नम्बरको जर्सी दिएको छ। उसले समाजिक सञ्जालमार्फत विजयसँग सम्mझौता नवीकरण गरेको उल्लेख गरेको हो।

भोजपुरका विजयले अघिल्लो सिजन पनि थ्री स्टारबाटै खेलेका थिए । तर, उनले पहिलो राजाईमा खासै अवसर भने पाएका थिएनन्।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, आयुष घलान, डोना थापा, मनाग्य नकर्मी लाकेन लिम्बु, राफायल बिडीएस रिम र निशान खड्कालगायतसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उपमेयर कप राष्ट्रिय महिला लिग छनोट : महालक्ष्मीको पोस्टमा कन्काइको गोलकाे वर्षा, बागमतीको लागतार दोस्रो जित
Next post माउन्टको ह्याट्रिकमा नर्विचको पोस्टमा चेल्सीको ७ गोल
Close