बि एण्ड बी मा विकास खवासको घुँडाको शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर विकास खवासको घुँडाको शुल्यक्रिया गरिएको छ। युवा डिफेन्डर विकासको बुधबार बि एण्ड बी अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो।

विश्वक र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत जोडर्नविरुद्धको खेलका क्रममा विकास घाइते भएका थिए । जोडर्नविरुद्ध ३–०ले पराजित भएको खेलमा विकास पहिलो हाफमै मैदान छाड्न बाध्य भएका थिए ।

जोडर्नसँगको खेलमा उनको दायाँ खुट्टाको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । एन्फा एकेडेमीका उत्पादन विकासलाई पछिल्लो सयम चोटले सताइरहेको छ । चोटकै कारण उनले नेपाल सुपर लिगको एउटा मात्र खेल खेल्न सकेका थिए ।

सन् २०२० नोभेम्बर १३ मा बंगलादेशविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका विकासले सिनियर टिममा ३ खेल खेलेका छन् । नेपाली राष्ट्रिय टिममा उमेर समूहमा प्रतिनिधित्व गरेका उनी विभागीय टिम त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्।

Facebook Comments Box