राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

नेपाली राष्ट्रिष्य फुटबल टिमका पूर्वगोलकिपर विकास मल्ल राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटलब संघ (एन्फा)ले बुधबार मल्लालाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

मल्लले जापानी नागरिक हिरो मिट्सुमारुको स्थान लिने छन् । मिट्सुमारु जाइकामार्फत भोलेन्टियरका रुपमा नेपाली राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकका रुपमा काम गरिरहेका थिए । भदौ १ बाट सुरु हुने बन्द प्रशिक्षणबाट मल्लले जिम्मेवारी सम्हाल्ने छन् ।

मल्लले एएफसीबाट गोलकिपर प्रशिक्षकको लेभल–१ कोर्ष गर्नुका साथै एएफसीबाट सी लेभरको प्रशिक्षकको लाइसेन्स लिएका छन् । मल्लले फिफाबाट एम सर्टिफिकेट पनि लिएका छन् ।

सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टिमको गोलपोस्ट सम्हालेका विकास त्यो समयका उत्कृष्ट गोलरक्षक हुन् छ । मल्लले घरेलु फुटबल त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । उनी आर्मीका कप्तान समेत हुन् ।

विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा हुने चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोडर्नविरुद्धको खेलमार्फत विकास राष्ट्रिष्य टिममा सामेल हुने छन् । नेपालले अक्टोबर ८ मा चाइनिज ताइपे, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *