ए डिभजिन लिग खेल्न इटालीबाट नेपाल आए विकास, च्यासलमा आबद्ध हुने चर्चा

Read Time:2 Minute

इटालीमा व्यससायिक फुबटल खेल्दै आएका नेपाली मूलका विकास मेराग्लिया नेपाल आएका छन्। सहिद स्मारक ए डिभजिन लिग खेल्न विकास मंगलबार राति नेपाल आएका हुन्।

विकासले आफ्नो फेसबुक पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको फोटो राख्दै १३ वर्षपछि नेपाल फर्किएको उल्लेख गरेका छन् । उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

विकासले फेसबुकै ठूलो घोषणाको तयारी भइरहेको पनि उल्लेख गरेका छन्। विकास नेपाल आएसँगै उनी च्यासल युथ क्लबमा आबद्ध हुने चर्चा चल्न थालेको छ।

इटालीको यू–१६ राष्ट्रिय टिमबाट पनि खेलिसकेका विकास अहिले चौथो डिभिजन क्लब मारिग्लियनेसबाट व्यवसायिक फुटबल खेल्छन्। गत जुलाईमा १ वर्षको सम्झौता गर्दै विकास मारिग्लियनेसमा आबद्ध भएका थिए।

विकास इटालियन सिरि ए क्लब एट्लान्टाको एकेडेमीको उत्पादन हुन् । उनले एट्लान्टाको युथ टिमबाट खेलेका छन्।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा अब्दुल्लाह अलमुताइरी आएसँगै विदेशमा रहेका नेपालीमूलका खेलाडीको चर्चा हुने थालेको छ। प्रश्क्षिकमा नियुक्त भएलगत्तै उनले जापानमा फुटबल खेलिरहेका मनिष डाँगी र कतारमा खेलिरहेका स्यान्सु भुसाललाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका थिए। स्यान्सु राष्ट्रिय टिममा पर्न नसकेपनि मनिष राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य बनिसकेका छन्।

अलमुताइरीले विकाससँग निरन्तर कुरा गरिरहेको र उनलाई नेपाली राष्ट्रिय टिमबाट खेल्न प्रस्ताव गरेको पनि चर्चा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० विश्वकप : बंगलादेशले ओमानलाई हरायो, सुपर १२ पुग्ने आशा कायमै
Next post महिला क्रिकेट टिमको बन्द प्रशिक्षण कीर्तिपुरमा सुरु
Close