साहरा क्लबका पूर्वप्रशिक्षक बिल तामाङको कोरानो संक्रमणका कारण निधन

कोरोना भाइरसको संक्रमणका कारण सहारा क्लब पोखराका पूर्वप्रशिक्षक बिल तामाङको निधन भएको छ। तामाङको मंगलबार बिहान उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो ।

सहारा हङकङका उपाध्यक्षसमेत रहेका तामाङ पूर्वखेलाडी समेत हुन् । उनले फ्रेन्ड्स क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी)बाट व्यवसायिक फुटबल खेलेका थिए ।

सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षक कोर्ष गरेका उनले गत चैतमा मात्र एफसी र एन्फाको ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

हङकङमा बस्दै आएका तमाङमा गत फागुनमा एफसी लाइसेन्सका लागि नेपाल आएका थिए। त्यसयता उनी नेपालमै थिए । उनका श्रीमती र एक छोरा छन् ।

Facebook Comments Box