मादिभ्समा विमलको उत्कृष्ट प्रदर्शन, बने म्यान अफ दी म्याच

मादिल्भ्सको ए डिभिजन लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टिमका स्टा स्ट्राकर विमल घर्तिमगरले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । लिगको छैठौं खेलमा पनि गोल गर्दै टिसी स्पोर्टसलाई हारबाट जोगाएका विमलले सातौं चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल गरे ।

विमलको उत्कृष्ट प्रदर्शनको मद्दतमा टिसी स्पोर्टसले निलान्धो स्पोर्टस क्लबलाई २–०ले पराजित गरेको छ । विमलले खेलको १२औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा इशान इब्राहिमले गोल गरेपछि खेल टिसीले २–० ले जित्यो । विमल खेलको म्यान अफ दी म्याच घोािषत भए ।

पहिलो पटक माल्दिभ्सको लिग खेलिरहेका विमललेको लिगमा यो तेस्रो गोल हो । यसअघि उनले क्लब इगल्स र डा ग्रान्डी स्पोर्टस क्लबविरुद्ध गोल गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन टिसी लिगको ७ खेल सकिँदा १२ अंकसहित चौथो स्थानमा छ । उसले ३ जित, ३ बराबरी र १ हारको सामना गरेको छ ।

टिसी स्पोर्टसबाट अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले खेलेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा टिसी लिग च्याम्पियन बनेका थिए । उनी धिवेही लिगका उत्कृष्ट गोलरक्षक पनि बनेका थिए । यो सिजन पनि किरण टिसीसँग आबद्ध भएका थिए, तर नेपालको मैत्रीपूर्ण खेल परेकाले उनले धिवेही लिग छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP