विमलले दोहामा गराए घुँडाको शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरको कतारको दोहामा घुँडाको शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित सबितार अर्थोपेडिक अस्पतालमा मंगलबार विमलको घुँडाका शल्यक्रिया गरिएको हो।

घुँडाको गम्भीर चोट बोकेपछि उपचारका लागि विमल कतार गएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)को पहल र कतार फुटबल एसोसियसनको सहयोगमा विमलको कतारमा शल्यक्रिया गरिएको हो ।

राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो ।

यसअघि राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाको सफल शल्यक्रिया भइसकेको छ । कोरोना र अन्य विरामीको चापको कारणले विमलको शल्यक्रियामा ढिलाइ भएको हो ।

शल्यक्रियापछि विमलले आफूले गल्तिको सजाय भोगिरहेको प्रतिक्रिया दिएका छन् । विममले फेसबुकमा लेखेका छन्, ‘सायद आज मैले गरेको गल्ति को सजाय पाउँदै छु । प्रतिस्पर्धाको समयमा म केही समयको लागि अड्किएको छु । तर हिम्मत हारेको छैन नयाँ खेल जीवनको सुरुवात गर्ने छु ।’

नेपाली दर्शकबाट पहिला जस्तै माया, विश्वास र साथ फेरि आपाउन अपेक्षा गर्दै विमलाले अबको बाटो सजिलो नभपनि अगाडी बढ्ने अठोट गरेका छन्। साथै उनले आफ्नो चोट लाई मलम लगाई दिने एन्फालगायत सबैप्रति अभार पनि व्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.