
विमल घर्तिमगर मछिन्द्रमै रहने
नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर विमल घर्तीमगर अझै एक सिजन मन्छिद्र क्लबमै रहने भएका छन्। २४ वर्षीय विमलले मछिन्द्रसँगको सम्झौता नवीकरण गरेका छन्।
नयाँ सिजनका लागि विमलले सम्झौता नवीकरण गरेको मछिन्द्रले फेसबुकमार्फत जनाएको छ।
पछिल्ला दुई सिजिन ए डिभिजन लिग जित्दा विमन मछिन्द्रमै थिए। सन् २०१२ बाट नेपाली राष्ट्रिय टिममा रहेका उनले ९ गोल गरेका छन्।
आसन्न लिगका लागि मछिन्द्रले खेलाडी अनुबन्धन र नवीकरणलाई तिब्रता दिएको छ । उसले बिहीबारमात्रै मनाङ मर्स्यादङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटीलाई अनुबनधन गरेको थियो।
