चाेटमुक्त हुँदै विमल घर्तिमगरले थाले प्रशिक्षण

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीमगरले प्रशिक्षण थालेका छन्। गत मार्चमा घुँडाको शल्यक्रिया गराएका विमल मंगलबारबाट प्रशिक्षणमा फर्किएका हुन्।

बिमलले एएफसी यू–२३ एसियन कप छनोटको तयारी गरिरहेकाय यू–२३ टिमसँग प्रशिक्षण थालेका हुन्। प्रशिक्षक बालगोपाल महर्जनले यू–२३ टिमको बन्द प्रशिक्षणमा विमललाई पनि समावेश गरेका छन्।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा घुँडाको लिगामेन्ट च्यातिएपछि विमल मैदान बाहिर रहँदै आएका थिए । गतमा मार्चमा विमलको कतारमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा एन्फाले सहयोग गरेको थियो। कतारबाट विमल केही दिन अगाडि मात्र नेपाल फर्किएका थिए।

सन् २०१९ को अक्टोबर यता विमल राष्ट्रिय टिमबाहिर रहँदै आएका छन्। उनले अन्तिम पटक सन् २०१९को अक्टोबर १५मा भएको विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्ध खेलेका थिए। त्यसपछि नोभेम्बरमा भुटानमा कुवतेविरुद्ध खेल्न जानुअघि एन्फाको अनुशासनको काबराहीमा परेपछि विमल मैदान बाहिर रहेका थिए । अनुशासन कारबाहीबाट फुकुवा भएलगत्तै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा विमल घाइते भएका थिए।

चोटकै कारण विमलले कुवेतमा भएको विश्वकप छनोटका तीन खेल, नेपालमै भएको ट्राइ नेसन्स कप र अक्टोबर १ बाट मादिल्भ्समा सुरु हुने साफ च्याम्पियनसिप पनि गुमाएका छन्।

Facebook Comments Box