
नेपाली फुटबलरको विदेश पलायलन लहर, विमल राना गए अस्ट्रेलिया
Read Time:1 मिनेट
नेपाली फुटबलर विदेशिने क्रम अझै रोकिएको छ। सन् २०२२ मात्रै राष्ट्रिय टिमका तीन सदस्यसहित ६ नेपाली खेलाडी विदेसिएका छन्।
विदेश पलायन हुने पछिल्ला खेलाडी हुन्, स्ट्राइकर विमल राना । फुटबल खेलेर जीवन धान्न नसक्ने देखेपछि विमल अस्ट्रेलिया लागेका छन्।
मनाङ मर्स्याङ्दी क्लबबाट व्यवायिक फुटबल खेल्ने विमलले सन् २०१९ मा राष्ट्रिय टिमम डेब्यू गरेका थिए । उनले राष्ट्रिय टिममा नियमित स्थान बनाउन भने सकेका थिएनन्।
यो वर्ष नै राष्ट्रिय टिमका नियमित सदस्य स्ट्राइकर दर्शन गुरुङ, आशिष लामा र मिडफिल्डर सुमन लामा तथा सन्तोष गुरुङ र नवीन गुरुङ पनि अस्ट्रेलिया गएका थिए।