नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन च्यासलमा

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा डिफेन्डर विराज महर्जनले च्यासल युथ क्लबमा आबद्ध भएका छन्। मंगलबार एक कार्यक्रम गर्दै च्यासलले अनुभवी डिफेन्डर विराजलाई आफ्नो खेलाडीका रुपमा सार्वजनिक गरेको छ।

थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट ए डिभिजन लिग जितेका विराजलाई क्लबमा भित्र्याउँदै च्यासलले कप्तानीको जिम्मेवारी दिएको छ । अब आसन्न सहिद स्मारक ए डिभजिन लिगमा विराजले च्यासलको कप्तानी गर्ने छन्।

विराजले अघिल्लो सिजन मच्छिन्द्र क्लबाट खेल्दै लिग जितेका थिए । यो सिजन उनी मच्छिन्द्र छाड्दै च्यासल पुगेका हुन्। च्यासलसँग सम्झौता गरेपछि विराजले क्लब योजना र प्रशिक्षको भिजन मनपरेका लागि आफू क्लबमा आबद्ध भएको बताएका छन्।

विराजले गत वैशाखमा भएको थ्री नेसन्स कप खेल्दै राष्ट्रिय टिमबाट सन्न्यास लिएका थिए । लेफ्ट ब्याक विराजले नेपालका लागि ७५ खेल खेल्दै १ गोल गरेका छन्। विराजको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र भारतको गोवामा भएको १२औं सागको उपाधि जितेको थियो।

यसैबीच सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासललाई खेलकुद साग्रमी उत्पादन गर्ने चिनियाँ कम्पनी युक्यानले प्रायोजन गरेको छ। युक्यानले च्यसाललाई १ वर्षका लागि प्रायोजन गरेको हो । मंगलबार नै च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका तर्फबाट सिीिएल कम्पनी प्रालिका प्रबन्ध निर्देशकनिर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि अब ए डिभिजन लिगमा च्यासलले युक्यानको जर्सी लगाउने छ । युक्यान च्यासको किट्स पार्टनरका रुपमा रहने छ।

Facebook Comments Box