
विराट गोल्डकप : विभागीय डर्बीमा एपिएफ विजयी
विराटगनरस्थित शहिद रंगशालामा जारी विराट गोल्डकपमा भएको विभागीय टिम डर्बीमा एपिएफ विजयी भएको छ । सोमबार साँझ भएको खेलमा नेपाल पुलिसलाई २–०ले पराजित गर्दै एपीएफ छैटौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
एपीएफको जीतमा मणि लामा र आशिष लामाले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो हाफको ४६ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा आशिषले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे। एपिएफले २ गोल गरेपछि खेल पूर्ण रुपमा आफ्नो नियत्रणमा लिएको थिये । उसले एपिएफको पोस्टमा थुप्रै आक्रमण ग¥यो, तर गोल भने हुन सकेन।
एपीएफले अब वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ को सामना गर्नेछ ।