नेपाल सुपर लिगका लागि विराटनगरले भित्र्यायो स्पेनिस खेलाडी

नेपाल पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले स्पेनिस खेलाडी अनुबन्धन गरेको छ। विराटनगरले भारतमा क्लब फुटबल खेलिरहेका ३२ वर्षीय स्ट्राइकर पेड्रो मान्जीलाई अनुबन्धन गरेको हो।

स्पेनिस क्लब लस पाल्मासका उत्पादन पेड्रो बुधबार नेपाल आइपुगेका छन् । उनले पाल्मासको युथ टिमबाट खेलेका थिए । एनएसएलका प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने प्रावधान छ।

पेड्रोले आईलिग मोहम्मेडन स्पोटिङ क्लबबाट खेलेका थिए भने इन्डियन सुपर लिग (आईएसएल) चेन्नई सिटीबाट खेलेका थिए । यो सिजन उनले उनले चेन्नईमा २३ खेलमा २६ गोल गरेका थिए भने मोहम्मेडनमा ८ खेल खेल्दै ६ गोल गरेका थिए । पेड्रो मान्जीले सन् २०१९ मा चेन्नाईबाट आई लिग जित्नुका साथै सर्वाधिक गोलकर्ता बनेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिग वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । विराटनगरले १२ गते आफ्नो पहिलो खेल धनगढी एफीसँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.