सन्तोष र पेड्रो उत्कृष्ट गोल, चितवनलाई हराउँदै विराटनगर शीर्ष स्थानमा

दशरथ रंगशालामा जारी नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ। सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा सन्तोष तामाङ र पेड्रो मान्जी क्रुजले उत्कृष्ट गोल गरेपछि एफसी चितवनलाई २–०ले हराउँदै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलमा उसको ७ अंक भएको छ र उसले धनगढी एफसीलाई हेड टु हेडमा पछि पारेको छ। हारपछि चितवनको भने प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । जितबिहीन रहेको चिवतन २ अंकसहित पुछारमा छ।

खेलमा विराटनगरले सुरुवातदेखि नै अक्रामक खेले खेलेको थियो । दुवै टिमले पहिलो हाफमा राम्र अवसर खेल फल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफमा पनि विराटनगरले उही लय समात्यो । ५८औं मिनेटमा सन्तोष तामाङले प्रहारको कडा प्रहार चिवनका किपर विशाल सुनारले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यसपछि पनि विराटनगरको गतिमा कुनै कमी आएन । फलस्वरुप ७३ औं मिनेटमा विराटनगरले अग्रता बनायो । सुनिल बलको फ्रिकिकलाई डिबक्सभित्र घुँडाले रोक्दै विदेशी खेलाडी पेड्रोले प्रहार गरेको पावरफुट सट सिधै गोलमा परिणत भयो।

त्यसपछि ८९औं मिनेटमा सन्तोष तामाङले डि बक्सको ठीक बाहिरबाट उत्कृष्ट गोल गर्दै टिमलाई २–०को अग्रता दिलाए । खेलमा विराटनगरका रञ्जित धिमाल प्लेयर अफ दि म्याच चुनिए भने विराटनगरकै सुरजज्यू ठकुरी इमर्जिङ प्लेयर अफ दि म्याच भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.