विशाल राईलाई राष्ट्रिय टिममा बोलाइयो

Read Time:2 Minute

भेट्रान मिडफिल्डर विराल राईलाई एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टिममा बोलाइएको छ। थाइल्यान्डबाट फार्किएलगत्तै अबदुल्लाह अलमुताइरीले सियन कप छनोटका लागि घोषण गरेको २४ सदस्यीय प्रारम्भिक टिममा विशाल समावेश थिएनन्।

लामो सयमदेखि राष्ट्रिय टिममा रहँदै आएका विशाललाई एन्फाले बिहीबार राष्ट्रिय टिममा बोलाएको हो। विशाललाई बोलाइएसँगै प्रारम्भिक टिममा २५ खेलाडी भएका छन्।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण अप्रिल १५ देखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ। एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्नुअघि दुई महिना विशेष प्रशिक्षण गर्नेछ ।

एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

नेपाली टिम : किरण लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ र विशाल राई ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भिल्लारियलले बायर्नलाई हरायो
Next post सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूरपश्चिम आइकन महिला र पुरुषको मनोनयन सार्वजनिक
Close