राष्ट्रिय टिमका अर्का सदस्य विशाल राई पनि अस्ट्रेलिया लागे

Read Time:2 Minute

नेपाली फुटबलरहरु विदेशक्रम अझै रोकिएको छैन। यही क्रममा राष्ट्रिय टिमका नियमित सदस्य विशाल राई अस्ट्रेलिया प्रस्थान गरेका छन्।

विशाल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनलाई विदाई गर्न मछिन्द्र क्लबका सहकर्मीहरु सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, रञ्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङलगायत त्रिभुवन विमानस्थाल पुगेका छन्।

मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठपनि उनीहरुसँगै आफ्ना खेलाडीलाई विदाई गर्न विमानस्थल पुगेका थिए।

पछिल्लो दुई सिजन मछिन्द्रलाई लिग च्याम्पियन बनाउन विशालको भूमिका महत्वपूर्ण थियो। मछिन्द्र क्लबले आफ्ना स्टार खेलाडीको उज्जब भविष्यका लागि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको छ।

सहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिँदै गर्दा यो महिना नै आधा दर्जन बढी खेलाडी बाहिरिरहेका छन्। स्टार खेलाडीहरु विदेसिएपछि त्यसको प्रभाव ए डिभिजन लिगमा पर्ने निश्चित छ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

केही समयअघि राष्ट्रिय टिमका सदस्यहरु तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नितिन थापा, रञ्जन विष्ट पनि अष्ट्रेलिया गएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भिनिसियस चम्किँदा रियलको जित
Next post यू–२० महिला साफमा आयोजक बंगलादेशसँग भिड्दै नेपाल
Close