धनगढीको मार्की खेलाडीका रुपमा दोहोरिए विशाल राई

Read Time:1 Minute

चैत २६ देखि जेठ ७ गतेसम्म हुने दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि क्लबहरुले मार्की खेलाडी अनुबन्धनलाई तिब्रता दिएका छन् । केही दिन अगाडि मात्र नवप्रवेशी क्लब झापा एफसीले मार्की खेलाडीका रुपमा अञ्जन विष्टलाई अनुबन्धन गरेको थियो ।

आजमात्रै गत सिजनको उपविजेता धनगढी एफसीले मार्की खेलाडी सर्वाजनिक गरेको छ । उसले मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टिमका स्टार मिडफिल्डर विशाल राईलाई दोहोर्‍याएको छ। धनगढीले एनएसएलको दोस्रो संस्करणमा पनि मार्की खेलाडीका रुपमा विशाललाई नै निरन्तरता दिने जनाएको छ।

विशाल लागतार चार सिजन सहिद स्मारक ए डिभिजन लिग जित्ने खेलाडी हुन् । उनले पछिल्ला दुई सिजन मछिन्द्र र त्यसअघिका दुई सिजन मनाङ मर्स्याङ्दीबाट लिग जितेका थिए ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलमा यो पटक १० टिम सहभागी हुनेछन्। यो पटक ३ नयाँ टिम थप गरिएको छ ।

धनगढीसहित विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले प्रतिस्पर्धा गर्नेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एकदिवसीय क्रिकेट टिमको कप्तान पनि सन्दीप नै
Next post लिभरपुल र चेल्सी एफए कपको अन्तिम ८मा, वेस्टह्याम बाहिरियो
Close