विशाल स्मृति गोल्डकप : उपाधिका लागि आर्मी र हिमलायन शेर्पा भिड्ने

दोस्रो संस्करणको विशाल स्मृति गोल्डकप फुटलब प्रतियोगितको उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्ने भएका छ्न ।

बिहीबार सेमिफाइलनमा झापा ११ लाई ६–१को फाराकिलो अन्तरले पारजित गर्दै आर्मीले हिलमायन शेर्पासँगको उपाधि भिडन्त पक्का गरेको हो । हिमालयन शेर्पा अयोजक वीरगञ्ज ११ लाई पराजित गर्दै फाइलन प्रवेश गरेको थियो ।

वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा आर्मीलाई आर्मीका टेकबहादर बस्नेतले खेल शुरु भएको दुई मिनेटमै बललाई जाली चुमाए । आर्मीका लागि सन्तोष तामाङले १४औं र २४ औं मिनेटमा गोल गर्र्दै पहिलो हाफमा आर्मीलाई ३–० को अग्रता दिलाए ।

खेलको ७० मिनेटमा आर्मीका विवेक बस्नेतले प्रहार गरेको बल झापाका दिलेन लोक्तामले बचाउ गर्न खोज्दा आत्मघाती गोल भयो र आर्मीले ४–० को अग्रत लियो । त्यसको ४ मिनेटपछि नै टेकबहादुर बस्नेतले आर्मीलाई ५–० को स्थितिमा पु¥याए ।

७९ औं मिनेटमा आशिष चापागाईंले झापाका लागि सान्त्वना गोल गरेका थिए । यस्तै आर्मीका विवेक बस्नेतले ८८ औं मिनेटमा गोल गर्दै अर्मीलाई सहज जित दिलाए । फाइनल खेल माघ ५ गते शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP