रंगभेदविरुद्ध आर्सनलको ऐकबद्धता

इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले रंगभेदविरुद्ध ऐक्वयबद्धा जनाएको छ । रंगभेदको विरोध गर्दै आर्सनलका सम्पूर्ण खेलाडीले सांकेतिक विरोध गरेका थिए ।

बुधबार राति भएको मैत्रीपूर्ण खेलअघि आर्सनलका खेलाडीहरूले कालो टिसर्ट लगाउँदै घुँडा टेकेर सांकेतिक विरोध गरेका थिए । उनीहरुले दुई साताअघि अमेरिकामा प्रहरीको ज्यादतिमा ज्यान गुमाएका जर्ज फ्लोयडको सम्पना पनि गरेका थिए ।

आर्सनलका खेलाडीले खेल अघि मैदानमा घुँडा टेकेर रंगभेद तथा अमेरिकी प्रहरीको ज्यादतीमा विरोध जनाए । उनीहरुले ‘‘म कालो हैन, सोच बदल, विभेद नगर’ लेखिएको कालो टिसर्ट लगाएका थिए ।

कोरोनापछि पुन सुचारु हुन लागेको लिग अघि आर्सनलले दोस्रो डिभिजन क्लब ब्रेन्टफोर्डसँग मैत्रिपूर्ण खेल खेलेको थियो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले नतिजा भने आफ्नो पक्षमा पारेन । खेलमा ब्रेन्टफोर्ड तीन दुई गोलले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *