चेल्सी तेस्रो स्थानमा उक्लियो

लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–२ले पराजित गर्दै चेल्सी तेसो स्थानमा उक्लिएको हो ।

यो जिसँगै चेल्सीले च्याम्पियन्स लिग सम्भावनालाई बलियो बनाएको छ । तेस्रो स्थानमा चेल्सीले लेष्टर सिटीलाई १ अंकले पछि पारेको छ । चेल्सीको ६० अंक छ भने लेस्टर सिटीको ५९ अंक छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड, क्रिस्टियन पुलुसिच र टमी अब्राहमले एक गोल गरे । क्रिस्टल प्यालेसका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए।

चेल्सको छैटौं मिनेटमा जिरुडको गोलबाट चेल्सीले अग्रता लियो । उनले विलियनको पासमा गोल गरेका थिए । २७औं मिनेटमा पुलिसिचले पनि विलियनकै पासमा गोल गर्दै गर्दा चेल्सीको अग्रता २–० दोब्बर बनाए ।

तर, ३४ औं मिनेटमा जाहाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काउने प्रयास गरे । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए । एक मिनेटपछि नै क्रिस्टल प्यालेसका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३–२ गोल अन्तरले बिजयी भयो ।

यसैगरी प्रिमियर लिगअन्तर्गत मंगलबार राति नै भएकोको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.