सात वर्षपछि चेल्सी क्वार्टरफाइनलमा

इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सीले अन्तिम ८मा प्रवेश गरेको हो।

पहिलो लेगमा १–० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३–० ले विजयी भयो । यसअघि चेल्सी अन्तिम पटक सन् २०१३÷१४मा अन्तिम ८मा पुगेको थियो।

घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले गोल गरे । ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

८२औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदामा चेल्सीले ५७ प्रतिशत बल पोजेस बनाउँदै एट्लेटिकोको पोस्टमा १६ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो। यता, एट्लेटिकोले १० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.